जोडिनुहोस
  • होमपेज
  • विद्यार्थीले अष्ट्रेलियामा दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने

विद्यार्थीले अष्ट्रेलियामा दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने

सिड्नी, अष्ट्रेलियामा विदेशी विद्यार्थीले आगामी जुलाई १ तारिखदेखि दुई हप्तामा ४८ घण्टा काम गर्न पाउनेभएका छन् । हिजो अष्ट्रेलियाको शिक्षा विभागले जारी गरेको सुचना अनुसार, यस अघिको १५ दिनमा ४० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरिएको छ ।

हाल कोभिडका कारण कामदार अभाव भएपछि विदेशी विद्यार्थीहरुले गर्न पाउने काममा यसअघि लाग्दै आएको दुइ हप्ताको ४० घण्टे सिमा हटाईएको छ । तर, आगामी जुलाई १ देखि यो नियम पहिले कै अवस्थामा फर्किने सरकारले घोषणा गरिसकेको छ ।

पुरानै अवस्था फर्कने बेलामा भने अब नयाँ समय सिमा लागु हुने शिक्षा विभागले जनाएको छ ।

समय सिमा हट्दा विद्यार्थीहरुले काम गरेर प्रसस्त आम्दानी गरेका छन् । जसका कारण फि तिर्न र दैनिक खर्च धान्य सहज भएको छ ।तर, फेरि काम गर्ने समयमा सिमा तोकिदा विद्यार्थीहरुलाई पुन आर्थिक समस्या पर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका