जोडिनुहोस
  • होमपेज
  • सात महिनामा आयातमा सवा ९ खर्ब खर्च, निर्यात १ खर्ब पनि पुगेन

सात महिनामा आयातमा सवा ९ खर्ब खर्च, निर्यात १ खर्ब पनि पुगेन

काठमाडौ । गत साउनयता ७ महिनामा नेपालमा ९ खर्ब रूपैयाँभन्दा बढीको आयात भएको छ ।

भन्सार विभागले भर्खरै सार्वजनिक गरेको आयात-निर्यात तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महिना (साउनदेखि माघ) सम्म मुलुकबाट ९ खर्ब १९ अर्ब १६ करोड रूपैयाँ वस्तु आयातका नाममा बाहिरिएको छ ।

यो अवधिमा वैदेशिक व्यापार घाटा ८ खर्ब रूपैयाँ नाघेको छ । यस आधारमा हेर्दा नेपालको पुँजी एक महिनामै एक खर्ब रुपैयाँ भन्दा बढीले बाहिरिएको देखिन्छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रूपैयाँको व्यापार घाटा व्यहोरेको नेपालले यो पटक घाटा साँघुर्‍याएको छ ।

वैदेशिक व्यापार घाटामा गत आर्थिक वर्षको तुलनामा १८.७१ प्रतिशतले कमी आएको छ । पछिल्लो ७ महिनामा ९३ अर्ब ४३ करोड रूपैयाँ बराबरको मात्र मालवस्तु नेपालले निर्यात गरेको छ । यो हिसाबले नेपालले एक खर्ब एक महिनामै बाहिर पठाउँछ ।

यो पटक गत वर्षको तुलनामा २९ प्रतिशतले निर्यातमा कमी आएको छ । गत आवको ७ महिनामा एक खर्ब ३१ अर्ब ६५ करोड बराबरको माल वस्तु निर्यात गरेको नेपालले यो वर्ष २९.०३ प्रतिशतले कम निर्यात गरेको हो । गत आवमा ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकोमा चालू आवको ७ महिनामा १९.९० प्रतिशतले कमी आई ९ खर्ब १८ अर्ब १६ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालू आवको ७ महिनामा कूल व्यापार २०.८४ प्रतिशतले घटेको छ । गत आवमा कूल १२ खर्ब ७९ अर्ब १२ करोड बराबरको व्यापार भएको थियो ।

विशेषगरी नेपालको धेरैजसो रकम पेट्रोलियम पदार्थ आयातमा विदेश जाने गरेको छ । यस्तै फलाम जन्य सामाग्री, खाद्यान्न, लता कपडा, रक्सीलगायतका सामानहरू पनि धेरैजसो विदेशबाटै आउने गरेको छ । नेपालमा सबैभन्दा बढी भारत तथा चीनबाट आयात हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका