जोडिनुहोस
  • होमपेज
  • म्यानचेस्टर सिटी र लाइप्जिगको बराबरी

म्यानचेस्टर सिटी र लाइप्जिगको बराबरी

काठमाडौँ— यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइप्जिगले बराबरी खेलेका छन् ।

आज बिहान भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

सिटीका रियाद महारेजले खेलको २७औँ मिनेटमा गोल गरे । त्यस्तै घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले खेलको ७०औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । यो बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना कायमै छ।

अर्को खेलमा इन्टरले १० खेलाडीमा समेटिएको पोर्टोलाई १–० गोलले हराएको छ । इन्टरका रोमेलु लुकाकुले खेलको ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । पोर्टोका ओटाभिओले खेलको ७८औँ मिनेटमा रातो कार्ड पाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका