जोडिनुहोस
  • होमपेज
  • यी तीन प्रदेशमा हिमपातको सम्भावना, प्रदेश एकमा हल्का वर्षा

यी तीन प्रदेशमा हिमपातको सम्भावना, प्रदेश एकमा हल्का वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश एक र गण्डकीमा राति पनि हल्का हिमपातको सम्भावना छ ।

प्रदेश नं १ को पहाडी भू–भागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशमा भने तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका