जोडिनुहोस
  • होमपेज
  • लुकाकुको गोलमा इन्टर विजयी

खेलकुद

लुकाकुको गोलमा इन्टर विजयी

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन ११, २०७९
लुकाकुको गोलमा इन्टर विजयी

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब इन्टर मिलान विजयी भएको छ ।

बुधबार राति भएको खेलमा इन्टरले पोर्चुगिज क्लब पोर्टोलाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरे ।लुकाकुले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यस्तै खेलको ७८ औं मिनेटमा ओटाभियोले रातो कार्ड पाउँदा पोर्टो १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै इन्टरले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग मार्च १५ मा हुनेछ । खेल पोर्टोको मैदानमा हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका