जोडिनुहोस
  • होमपेज
  • युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।

बिहीबार बिहान काठमाडौंको टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवामाथि भरोसा भएको बताएका हुन् ।

‘सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ,’ उनले भने ।

देशभित्र विद्यमान विविध भाषा, संस्कृति, भेषभुषा एवं विशेषताहरूको जानकारीले आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रिय एकताको भावनामा थप प्रतिबद्धताको विकास हुने विश्वास लिएको पनि उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले युवाहरूको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका