जोडिनुहोस
  • होमपेज
  • म्याग्दीमा १० वर्षीया बालिका बलात्कृत

म्याग्दीमा १० वर्षीया बालिका बलात्कृत

म्याग्दी । म्याग्दीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मंगला गाउँपालिका-३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका