जोडिनुहोस
  • होमपेज
  • जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौं । जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् । नेपाल जी २० को सदस्य भने होइन । अहिले जी २० को अध्यक्ष भारत छ ।

भारतले जी २० सम्मेलनका दौरान नेपाललाई समेत निमन्त्रणा दिएका कारण उनी भारत गएको पौडेलको सचिवालयले जनाएको छ । सम्मेलन भारतको बैंग्लौरमा शुक्रबारदेखि सुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने सम्मेलनका दौरान उनले भारत, चीनलगायत मुलुकका समकक्षीसँग छलफल गर्ने भएका छन् । उनी १३ फागुनमा काठमाडौं फर्कने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका