जोडिनुहोस
  • होमपेज
  • नेप्से ५७.७४ अंकले घट्यो, लघुवित्तको सेयर सूचकांकमा पनि गिरावट

नेप्से ५७.७४ अंकले घट्यो, लघुवित्तको सेयर सूचकांकमा पनि गिरावट

काठमाडौं । लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले अनियन्त्रित कर्जा लगानी, प्रोभिजन र लाभांशमा गरेको कडाइको असर सेयर बजारमा देखिएको छ ।

बिहीबार लघुवित्त उपसूचकमा पहिरो गयो । जसका कारण समग्र सेयर बजारमा ५७.७४ अंकको गिरावट आएको छ । लघुवित्तमा मात्र ९.५४ अंकको गिरावट आएको छ । ३९ वटा कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट लेवलमा कारोबार भयो । यसरी घट्नेमा सबै लघुवित्त कम्पनी छन् ।

बिहीबार ४८ हजार १०५ वटा कारोबारबाट ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको छ । बिहीबार २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । घट्दो बजारमा पनि नेपाल हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशतले बढ्यो । सामलिङ पावर कम्पनी ४.७७ प्रतिशतले बढेको छ । बिहीबार छिमेक लघुवित्तको सबैभन्दा धेरै कारोबार भयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका