जोडिनुहोस
  • होमपेज
  • ग्यासको मूल्य घटाउन पाकिस्तानको पञ्जाब क्षेत्रका उद्योगीको माग

ग्यासको मूल्य घटाउन पाकिस्तानको पञ्जाब क्षेत्रका उद्योगीको माग

कराँची– ग्यासको मूल्यमा भएको पछिल्लो वृद्धि घटाउन पञ्जाबका उद्योगीहरुले माग गरेका छन् ।

अखिल पाकिस्तान टेक्सटाइल मिल्स एसोसिएसन–नर्थ ले अखबारमा विज्ञप्ति निकाल्दै पञ्जाबकाका निर्यातमुखी औद्योगिक एकाइहरूका लागि प्रति मिलियन ब्रिटिश थर्मल युनिट ७ अमेरिकी डलरको समान मूल्य अपनाएर विभिन्न ग्यासका दरहरू हटाउन माग गरेको छ ।

पछिल्लो वृद्धि पछि, पञ्जाबमा आधारित उद्योगीहरूले प्रति एमएमबीटीयू ९ अमेरिकी डलर तिर्नु पर्ने छ, जुन मूल्य सिन्धका उद्योगीले उपभोग गरेको ग्यास दर भन्दा झन्डै तीन गुणा बढी हो।

“सिन्धका उद्योगीहरूलाई प्रति युनिट ४ डलरमा ग्यास आपूर्ति गर्नु दिगो नभएको अप्टिमस क्यापिटल म्यानेजमेन्ट लिमिटेडका अध्यक्ष आसिफ कुरेशीले बताएको डन पत्रिकाले लेखेको छ । । यस्तो कम दर मूल्यमा ग्यास वितरण गर्नुको कुनै अर्थ नभएको उनले बताए ।

सुई सदर्न ग्यास कम्पनी लिमिटेडले निर्यात र गैर—निर्यात गरी उद्योग र क्याप्टिभ पावर प्लान्टहरूलाई प्रतिदिन करिब ३५० मिलियन घन फिट आपूर्ति गर्छ। सिन्ध र पञ्जाबमा आधारित निर्यातमुखी एकाइहरू बीच प्रति एमएमबीटीयू ५ डलरको को मूल्य भिन्नता रहेको कुरैशीले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका