जोडिनुहोस
  • होमपेज
  • मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट फेरि एकजनाको मृत्यु

मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट फेरि एकजनाको मृत्यु

मकवानपुर— मकवानपुरको बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

बकैया—५ पावसमा ५० वर्षीय सन्तलाल माझीको बिहीबार साँझ हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

साँझ गोठमा गएको समयमा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका माझीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो एकसातामा जिल्लामा जंगली हात्तीले आतंक मच्याइरहेको छ । सोही हात्तीकै आक्रमणबाट केहिदिनअघि जिल्लाको मनहरी गाउँपालिका—४ मा स्थानीय ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । योसँगै जिल्लामा हात्तीको आक्रमणमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्ती मनहरी, हेटौंडा हुँदै अहिले बकैया(७ को कत्लेखोलामा पुगेको स्थानीयले जानकारी दिएका छन् । निकुञ्जले हात्ती नियन्त्रणमा लिन सकेको छैन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका