जोडिनुहोस
  • होमपेज
  • नेकपा एमालेको सचिवालय बैठक बस्दै

राजनीति

नेकपा एमालेको सचिवालय बैठक बस्दै

  • Sagarmatha TV
  • शुक्रबार, फाल्गुन १२, २०७९
नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं– राष्ट्रपति उम्मेदवारका बारेमा राजनीतिक दलहरूबीच रस्साकस्सी चलिरहेको बेला नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने अजेन्डालाई प्राथमिकतामा राखेर छलफल हुने छ ।

बुधबार बिहान एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालयको बैठकको निर्णयसहित दिउँसो ओलीले प्रधानमन्त्री प्रचण्डसँग छलफल हुने बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका