जोडिनुहोस
  • होमपेज
  • प्रचण्डले आज देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गर्दै

प्रचण्डले आज देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गर्दै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेका छन् ।

राष्ट्रपति पदको निर्वाचन नजिकिँदै गर्दा नेताहरूले आन्तरिक तथा दलीय छलफल बढाएका छन् । राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास जारी रहेको र यसकै लागि आफूले देउवा र ओलीसँग छलफल गर्ने बताए ।

“राष्ट्रपतिमा कुरा टुंगिएको छैन,” बिहीबार तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, “भोलि दिउँसो एमाले अध्यक्षसँग कुरा गर्छु । बिहान कांग्रेससँग पनि छलफल गर्छु ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका