जोडिनुहोस
  • होमपेज
  • भारतलाई ५ रनले हराउँदै अस्ट्रेलिया टी–२० विश्वकप फाइनलमा

भारतलाई ५ रनले हराउँदै अस्ट्रेलिया टी–२० विश्वकप फाइनलमा

अस्ट्रेलिया— अस्ट्रेलिया दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न सेमिफाइनलमा भारतलाई ५ रनले हराउँदै गत संस्करण विजेता अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

पाँचपटकको विजेता अस्ट्रेलिया सातौंपटक विश्वकप फाइनलमा पुगेको हो । भारतले भने यसपटक पनि उपाधि जित्ने सपना पूरा गर्न सकेन । सेमिफाइनलमा अस्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान हरमनप्रित कौर र जेमिमाह रोड्रिग्जले उत्कृष्ट ब्याटिङ गरे पनि जित दिलाउन सकेनन् । ३४ बलको सामना गरेकी कौरले ६ चौका र एक छक्कासहित ५२ रन बनाइन् ।

रोड्रिग्जले २४ बलमा ६ चौकाको मद्दतमा ४३ रनको पारी खेलिन् । दिप्ती शर्मा २० रनमा अविजित रहँदा ऋचा घोष १४ र स्नेहा राणा ११ रनमा आउट भए । अस्ट्रेलियाका लागि एश्ले गार्डनर र डार्सी ब्राउनले सर्वाधिक दुईरदुई विकेट लिए । त्यसअघि केप टाउनस्थित न्युल्याण्ड्स मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

उसका लागि कप्तान मेथ मूनी र मेग ल्यानिङले उत्कृष्ट पारी खेलिन् । ३७ बलको सामना गरेकी मूनीले सात चौका र एक छक्कासहित ५४ रन बनाइन् । त्यस्तै, ल्यानिङले ३४ बलमा चार चौका र दुई छक्काको सहयोगमा अविजित ४९ रनको इनिङ खेलिन् ।

एश्ले गार्डनर ३१ र एलिसा हेली २५ रनमा आउट भएन । भारतका लागि शिखा पाण्डेले दुई, दिप्ती शर्मा र राधा यादवले एकरएक विकेट लिए । अस्ट्रेलियाले अब फाइनलमा दोस्रो सेमिफाइनलको विजेताको सामना गर्नेछ ।

दोस्रो सेमिफाइनलमा शुक्रबार इंग्ल्याण्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका