जोडिनुहोस
  • होमपेज
  • फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र इंग्ल्याण्ड खेल्दै

फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र इंग्ल्याण्ड खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज शुक्रबार हुदैछ ।

दोस्रो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिका तथा पहिलो संस्करणको विजेता इंग्ल्याण्डबीचमा खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ मा केपटाउनमा हुनेछ ।

इंग्ल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा रहेको थियो । दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता भएको थियो ।

इंग्ल्याण्ड चार संस्करणको फाइनल पुग्दा दक्षिण अफ्रिका भने हालसम्म फाइनल पुग्न सकेको छैन ।

पछिल्लो पाँच टी-ट्वान्टी खेलमा इंग्ल्याण्डले चार खेलमा जित हात पार्दा एक खेल भने दक्षिण अफ्रिकाले जितेको छ ।

आजको सेमिफाइनलका विजेताले आईतबार पहिलो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्ने छन् ।

बिहिबार भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका