जोडिनुहोस
  • होमपेज
  • डी मारियाको ह्याट्रिकमा युभेन्ट्स अर्को चरणमा

डी मारियाको ह्याट्रिकमा युभेन्ट्स अर्को चरणमा

काठमाडौं । इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।

बिहीबार राति भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा नान्टेसलाई ३-० ले हराउँदै समग्रमा ४-१ को जित सहित युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाएको हो ।

युभेन्ट्सको जितमा एन्जल डी मारियाले ह्याट्रिक गरे । खेलको पाँचौं मिनेटमा डी मारियाले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १७ औं मिनेटमा एन पालोइसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो ।

खेलको २० औं मिनेटमा डी मारियाले पेनाल्टीबाट गोल गर्दै युभेन्ट्सको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा डी मारियाले ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए ।

अर्को इटालियन क्लब रोमा पनि राउण्ड अफ १६ मा प्रवेश गरेको छ । यस्तै स्पेनिस क्लब सेभियाले समेत अन्तिम १६ को यात्रा तय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?