जोडिनुहोस
  • होमपेज
  • मोबाइल आयातमा ७ महिनामा १४ अर्ब ७६ करोड बाहिरियो

मोबाइल आयातमा ७ महिनामा १४ अर्ब ७६ करोड बाहिरियो

काठमाडौँ । चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशबाट १४ अर्ब ७६ करोड रुपैयाँको स्मार्ट फोन भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा उक्त रकम बराबरको स्मार्टफोन भित्रिएको हो ।

यस अवधिमा विदेशबाट १० लाख वटा स्मार्टफोन भित्रिएका छन् भने यी मोबाइल भित्र्याउँदा राज्यले २ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा मूख्यगरी २ देशबाट स्मार्टफोन भित्रिन्छ ।

चीन, भारत र भियतनामबाट नेपालमा धेरै स्मार्टफोन भित्रिँदै आएको छ । सात महिनामा चीनबाट ९ अर्ब ८३ करोड २३ लाख रुपैयाँको मोबाइल भित्रिएको छ । यस्तै, भारतबाट ४ अर्ब १३ करोड रुपैयाँको स्मार्टफोन भित्रिँदा भियतनामबाट ३० करोडको मोबाइल आयात भएको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्समार्फत १२ करोडको र अमेरिकाबाट ११ करोडको स्मार्टफोन भित्रिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका