जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउँछौं : गगन थापा

राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउँछौं : गगन थापा

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् । बालुवाटारमा भएको ४ दलबीचको छलफलमा राष्ट्रपतिकाे उम्मेदवारबारे विभिन्न कोणबाट प्रस्ताव आएर छलफल भएपनि आ–आफ्नो पार्टीभित्र पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे अर्को बैठक बसेर टुंग्याउने थापाले बताए ।

बैठकपछि बालुवाटारमा थापाले भने, ‘दलहरुबीच एकपक्षीय र बहुपक्षीय छलफल भइरहेको छ । अब आ–आफ्नो पार्टीमा छलफल गर्नु भएकाले साझ ५ बजे पुनः अर्को बैठक बसरेर राष्ट्रपति उम्मेदवार टुंगो लगाउँछौं ।’ त्यस्तै थापाले राष्ट्रपतिबारे विभिन्न कोणबाट छलफल भएको र त्यो सकारात्मक भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका