जोडिनुहोस
  • होमपेज
  • विश्वका ३० देशमा एकसाथ मूल्य कटौती गर्दै नेटफ्ल्क्सि

विश्वका ३० देशमा एकसाथ मूल्य कटौती गर्दै नेटफ्ल्क्सि

काठमाडौँ । अमेरिकी लगानीको अनलाईन मूभी कम्पनी नेटफ्ल्क्सिले विश्वका ३० देशमा एकसाथ आफ्नो मूल्य घटाउने भएको छ । कम्पनीले एसिया, युरोप, अफ्रिका, ल्याटिन अमेरिका र मध्यपूर्वी एसियाका मुलुकहरुमा मूल्य घटाउने तयारी गरेको बीबीसीले उल्लेख गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण बढेको महंगीलाई मध्यनजर गर्दै मूल्य कटौतीको तयारी गरेको कम्पनीले जनाएको छ । महंगी बढेसँगै विश्वभर दैनिक उपभोग्य वस्तुको मूल्य सूची समेत बढेको छ र यसको असर कम्पनीको व्यापारमा समेत परेको छ ।

कम्पनीले मलेसिया, इण्डोनेसिया, थाइल्याण्ड, फिलिपिन्स, क्रोयशिया, भेनेजुयला, केन्या र इरानमा मूल्य घटाउने भएको हो । कम्पनीको प्रवक्ताले मूल्य घटाउने विषय पुष्टि गर्दै भने, ‘हाम्रा सेवाग्राहीहरुमा इन्टरटेनमेन्टका लागि अन्य विकल्प छैन ।’ मूल्य कटौतीसँगै कम्पनीले अन्य केही योजना समेत बनाएको छ । आफ्नो ‘सब्सक्रिप्सन चार्ज’ कटौतीको योजनामा बेलायत र अमेरिकाको सूची भने छैन । ‘हामी सँधै आफ्ना प्रयोगकर्ताको संख्या बढाउन चाहन्छौं,’ कम्पनीका प्रवक्ता भन्छन्, ‘यही लक्ष्यसहित केही मुलुकहरुमा हामी हाम्रो सब्सक्रिप्सन चार्ज घटाउने योजनाको पुष्टी गर्छौं ।’

नेटफ्ल्क्सिले विश्वभरका १९० वटा देशमा अनलाइनमार्फत फिल्म र सिरिज बिक्री गर्दै आइरहेको छ । तर, पछिल्लो समय अमेजनको प्राइम भिडियो, एचबीओ र डिज्नीसँगको प्रतिस्पर्धाका कारण आफ्ना सेवाग्राही गुमाइरहेको छ । कम्पनीले गतवर्ष एकैपटक हजारौं कर्मचारी कटौतीको निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका