जोडिनुहोस
  • होमपेज
  • केपी ओली कप : एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा

केपी ओली कप : एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा आर्मी सफल भयो ।

आर्मीका जगजित श्रेष्ठ, टेक बहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गरे ।

एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र बिक्रम धिमालले गोल गरे ।

एनआरटीका स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।

त्यसअघि खेलको ३२ औं मिनेटमा लालनुन्जामा कोल्नेले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५३ औं मिनेटमा एनआरटीका कप्तान बिक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो ।

अब आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ । आयोजक राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका