जोडिनुहोस
  • होमपेज
  • आउँदा दिनमा नेकपा एसलाई अवसर दिन कांग्रेस तयार छ, अहिले राष्ट्रपति हाम्रै : महत

आउँदा दिनमा नेकपा एसलाई अवसर दिन कांग्रेस तयार छ, अहिले राष्ट्रपति हाम्रै : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गरेका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका विषयमा सवै दलहरूसँग सकारात्मक रूपमा छलफल भइरहेको र कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने बताए ।

राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि कांग्रेसले साथ दिने उनको भनाइ थियो ।

नेकपा एससँग लामो समय सहकार्य गरेको अवस्थामा कांग्रेसलाई पनि उसले साथ दिने महतको विश्वास थियो ।

‘यसअघि राष्ट्रपति पदको दुरुपयोग भयो । अब कांग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुन्छ’, उनको भनाइ छ ।

अरु विषयमा समाजवादीसँग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि कांग्रेस तयार रहेको महतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका