जोडिनुहोस
  • होमपेज
  • जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज साँझ ६ बजेका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा जसपाले बैठक बोलाएको हो ।

बैठकमा बालुवाटारमा चार दल (काँग्रेस, माओवादी केन्द्र, जसपा, समाजवादी) बीच भएको सहमतिबारे छलफल हुने जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले बताए ।

‘जसपाले उपराष्ट्रपति पाउने लगभग निश्चित छ, त्यसको बारेमा पनि बैठकमा छलफल हुन्छ’ उनले भने । ‘भोलि राष्ट्रपतिका लागि उम्मेदवारी दिने दिन हो, त्यसमा पार्टीको कस्तो भूमिका हुनुपर्छ भन्ने लगायतका विषयमा पनि छलफल हुन्छ’ उनले भने । बैठकमा शक्ति बाँडफाँटको विषयमा पनि छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?