जोडिनुहोस
  • होमपेज
  • केपी ओली कप : चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

केपी ओली कप : चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं । मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

एन्फा कम्प्लेक्समा शुक्रबार चर्च ब्वाइज युनाईटेडलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।

मछिन्द्रलाई जित दिलाउन कप्तान सुजल श्रेष्ठ र रंजित धिमालले एक एक गोल गरे । चर्चले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको १६ औं मिनेटमा सुजलले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । ४० औं मिनेटमा रंजितले गोल गर्दै मछिन्द्रको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा मछिन्द्रका छिरिङ गुरुङले आत्मघाती गोल गरेपनि मछिन्द्र २-१ ले विजयी भयो ।

अब मछिन्द्रले सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसी र जावलाखेल युथ क्लबबीचको विजेतासँग खेल्नेछ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका