जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिको उम्मेदवार बनेपछि रामचन्द्र पौडेलले भने, ‘संविधानको रक्षा गर्ने चुनौती आयाे’

राष्ट्रपतिको उम्मेदवार बनेपछि रामचन्द्र पौडेलले भने, ‘संविधानको रक्षा गर्ने चुनौती आयाे’

काठमाडौं । राष्ट्रपतिका लागि उम्मेदवार तय भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने चुनौती पाएको बताएका छन । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय भएलगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेलले सो प्रतिक्रिया दिएका हुन् ।

‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौती मलाई आउन लागेको छ,’ उनले बैठकपछि भने, ‘सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु ।’

यसैगरी कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको विजय सुनिश्चित रहेको बताएका छन् ।

पौडेललाई उम्मेदवार बनाउन पार्टीले सर्वसम्मत निर्णय गरेको बताउँदै सिटौलाले पार्टीभित्र र बाहिरबाट कांग्रेसको उम्मेदवारलाई ऐतिहासिक साथ रहने प्रतिक्रिया दिए ।

उनले राष्ट्रपतिको उम्मेदवारको रूपमा आफ्नो नाम आउनु स्वाभाविकै भए पनि अन्तिममा पार्टीले पौडेललाई बनाउने निर्णय गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?