जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिमा पौडेल विजयी हुने सुनिश्चित भइसकेको छ : प्रमुख सचेतक ज्वाला

राष्ट्रपतिमा पौडेल विजयी हुने सुनिश्चित भइसकेको छ : प्रमुख सचेतक ज्वाला

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दावी गरेका छन् । प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरुको साझा उम्मेदवारको रुपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित सुनिश्चित् भइसकेको तर्क समेत गरे । शनिबार अपरान्ह राष्ट्रपतिमा रामचन्द्र पौडेलले उम्मेदवारी दिएपछि उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलको जित सुनिश्चित भएको बताए ।

उनले राष्ट्रपतिको निर्वाचनसँगै आठ दल एकतावद्ध भएको उल्लेख गर्दै नेकपा एमाले भने एक्लिएको दाबी गरे । उनले आठ दलहरुबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने बताए । प्रमुख सचेतक ज्वालाले ८ राजनीतिक दलहरुबीचको एकता र संकल्पले मुलुकको राजनीतिकमा स्थिरता ल्याउने र समृद्धिको अभियानलाई तीव्रता दिन सकिने बताए । उनले भने, ‘आठ दलले नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने, समर्थन गर्ने निष्कर्ष हामीले हिजो निकाल्यौं । त्यसैअनुसार आज उम्मेदवारी दर्ता भएको छ । त्यो निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवारले जित्ने पनि निश्चित छ ।

ज्वालाले भने, ‘दोस्रो कुरा, भोलिका दिनमा पनि अब नयाँ ढंगले सरकारको निर्माणको कुरा होला । राष्ट्रलाई कसरी अघि बढाउने भन्ने कुरा होला । सत्तासाझेदारीका कुरा होला । यी तमाम कुराहरुमा छलफल गरेर, सरसल्लाह गरेर एकता गरेर अघि बढने जुन संकल्प गरिएको छ । त्यसैअनुसार हामी अगाडि बढ्छौं । ओलीले जे भन्नु हुुन्छ, त्यो उल्टो नै भन्नु हुन्छ । नभत्किएको भए त आजैको यो सिनारियोले देखाइपनि सक्यो । किनकी आज उहाँ एक्लै हुुनुहुन्छ । उहाँको उम्मेदवारको पक्षमा अरु दलहरु कोही पनि छैनन् । र, आठ दल एकदम पूर्ण रुपमा एकतावद्ध भएर, सहमतिका साथ उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवारको रुपमा उहाँलाई जिताउने गरी संकल्पवद्ध भइसकेपछि पुरानो गठबन्धन कायमै छ भन्ने कुरा चाँही यो भन्ने कुरा मात्रै हो । नयाँ यात्रा तय गर्नका लागि यसलाई एउटा कोशेढुंगाको रुपमा लिन सकिन्छ । र, यहाँबाट सुरु भएको यात्रा अब सरकार निर्माण, राष्ट्र निर्माण, जनताको निम्ति काम गर्ने सवालमा पनि अगाडि बढछ । जति धेरै राजनीतिक दलहरु एकतावद्ध हुन्छन । त्यतिबेला राष्ट्र झन एकतावद्ध हुन्छ । त्यसले चाँही राजनीतिक अस्थिरता होइन, स्थिरता ल्याउँछ ।’

प्रमुख सचेतक ज्वालाले राजनीतिक दलहरु जतिधेरै एकतावद्ध भयो उति मुलुकमा राजनीतिक स्थिरता आउने भएकाले पनि आफूहरु नयाँ शीराबाट अघि बढन थालेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका