जोडिनुहोस
  • होमपेज
  • सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन : ओली

सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन् । राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे । राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल प्रयोग र प्रवर्द्धनका लागि अनुभवी, कानुनवेत्ता र सभामुख भइसकेका नेम्वाङलाई अघि सारेको उनले बताए ।

उनले अघि भने, ‘हाम्रो उम्मेदवार दाउपेचको उम्मेदवार होइन ।’ नेम्बाङ उम्मेदवार हुने १० पुसमा सरकार गठनकै बेला टुंगो लागिसकेको, तर डिस्क्लोज मात्र नगरेको ओलीको दाबी छ । एउटा चक्र पूरा नगरी १० पुसमा भएको सहमति यताउता हुन नसक्ने भन्दै उनले अगाडि भने, ‘यसमा सहमत सबै पक्षले आफ्नो कमिटमेन्ट पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं । आफ्नो बचनबाट कोही पनि पछि हट्ने काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका