जोडिनुहोस
  • होमपेज
  • रुसको सदस्यता एफएटीएफको निलम्बनमा, युक्रेनले गर्‍यो स्वागत

रुसको सदस्यता एफएटीएफको निलम्बनमा, युक्रेनले गर्‍यो स्वागत

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले रुसको सदस्यता निलम्बन गरेको छ । युक्रेनसँगको युद्धका क्रममा रुसले संस्थाका सिद्धान्तहरू उल्लङ्घन गरेको जनाउँदै एफएटीएफले शुक्रबार सदस्यता निलम्बन गरेको हो ।

युक्रेनमा रुसी आक्रमणको एक वर्ष पूरा भएको अवसरमा एफएटीएफ कदम चालेको हो । एफएटीएफ सम्पत्ति शुद्धीकरण र आतंकवादसँग सम्बन्धित पैसालाई रोक्नका लागि विश्वव्यापी मापदण्डहरू तय गर्ने एक अन्तर्राष्ट्रिय संगठन हो ।

“रुसका क्रियाकलापहरू एफएटीएफको मूल सिद्धान्तविरीतका छन् । रुसले अन्तर्राष्ट्रिय सहयोग र पारस्परिक सम्मानको प्रतिबद्धतालाई पनि उल्लङ्घन गरेको छ, ” विज्ञप्तिमा भनिएको छ । युक्रेनले एफएटीएफको निर्णयको स्वागत गरेको छ । युक्रेनले रुसलाई एफएटीएफबाट हटाउन माग गर्दै आएको छ । तर, निलम्बनपछि पनि रुस एफएटीएफको सदस्य रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका