जोडिनुहोस
  • होमपेज
  • धनुषामा मोटरसाईकल एकआपसमा ठोक्किदा एकको मृत्यु, ४ घाइते

धनुषामा मोटरसाईकल एकआपसमा ठोक्किदा एकको मृत्यु, ४ घाइते

जनकपुरधाम । धनुषामा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषका अनुसार मृत्यु हुनेमा सबैला नगरपालिका अमरखानाका २३ वर्षीय अजयकुमार यादव रहेका छन ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइलकले अर्को मोटरसाइकललाई ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु हुन पुगेको बताए ।

उक्त दुर्घटनामा सबैला नगरपालिका–७ का जितु ठाकुर बरही र सोही नगरपालिका–५ सुरज मण्डलको अवस्था गम्भीर छ भने सोही दुर्घटनमा घाइते भएका सबैला नगरपालिका–१० का मनोज यादव र रविन्द्र मण्डलको अवस्था भने सामान्य रुहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका