जोडिनुहोस
  • होमपेज
  • एसियन हाइड्रो पावरको आईपीओ बाँडफाँड, १३ लाखभन्दा धेरैको हात खाली

एसियन हाइड्रो पावरको आईपीओ बाँडफाँड, १३ लाखभन्दा धेरैको हात खाली

काठमाडौँ । एसियन हाइड्रोपावरको साधारण सेयर (आईपीओ) ६९ हजार ७२० जनाले पाएका छन् । माघ २७ देखि फागुन ३ गतेसम्म खुलेको प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर जम्मा ६९ हजार जनाले पाएका हुन् ।

कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आईपीओमा १४ लाख ३२ हजार २२२ जनाले आवेदन गरेका थिए । जबकी, कम्पनीले जम्मा ६ लाख ९७ हजार २०० कित्ता सेयर बिक्री खुलाएको थियो ।

यो कम्पनीको सेयरमा कूल १४ लाख ३२ हजार २२२ जना आवेदकले १ करोड ५५ लाख २५ हजार ४०० कित्ता सेयर माग गरेका थिए । बिक्री खुलाइएकोभन्दा धेरै आवदेन परेपछि गोलाप्रथाबाट आईपीओ बिक्री गरिएको छ । कूल आवेदकमध्ये ५ हजार २०२ जनाको आवेदन रद्ध भएको थियो । सेयर पाउनेहरुले प्रतिव्यक्ती १० कित्ताका दरमा आईपीओ पाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका