जोडिनुहोस
  • होमपेज
  • सन्दीपका वकिलको माग अनुसार बन्द इजलासमा बहस सुरु

सन्दीपका वकिलको माग अनुसार बन्द इजलासमा बहस सुरु

काठमाडौं । सन्दीप लामिछानेमाथिको मुद्दामा सर्वोच्च अदालतको बन्द इजलासमा बहस सुरु भएको छ । सन्दीपका वकिलको माग अनुसार बन्द इजलासमा सुनुवाइ गरिएको हो ।

सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको फैसलाविरुद्ध सरकारले गरेको पुनरावेदन र सन्दीपले विदेश जान लगाइएको रोक हटाउन दिएको निवेदनमा एकसाथ सुनुवाइ हुने छ । सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको इजलासमा परेको मुद्दामा आजै आदेश आउने सम्भावना रहेको छ ।

गत शुक्रवारको सुनवाइ खुल्ला इजलासमा गरिएको थियो । तर, आज सन्दीप पक्षका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्नुपर्ने माग गरेका थिए ।

लैंगिक हिंसासम्बन्धी मुद्दा बन्द इजलासमा सुनुवाइ गर्न सकिने प्रावधान छ । न्यायाधीशद्वयले बन्द इजलासमा सुनुवाइ गर्ने आदेश दिएपछि उपस्थित पत्रकार तथा अन्य व्यक्तिहरूलाई बाहिर निकालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका