जोडिनुहोस
  • होमपेज
  • परराष्ट्रमन्त्री पौड्याल स्वीट्जरल्याण्ड जाँदै

परराष्ट्रमन्त्री पौड्याल स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार स्वीट्जरल्याण्ड जाँदैछिन् । जनेभा जानुअघि आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलेले मानवअधिकार परिषद्को बैठकमा आफूहरुको सहभागिता असाध्यै महत्वपूर्ण रहेको बताए । उनले अघि भनिन्, ‘हामीले यो क्षेत्रमा गरेको प्रगति दर्शाउनुपर्नेछ ।’

मन्त्री पौडेलका अनुसार भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल हुनेछ । मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपालको मानव अधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो । मन्त्री पौडेलले भनिन्, अहिले सिफारिस मात्र भएको हो घटुवा भएको छैन । क मै कायम रहन हाम्रो प्रयास रहनेछ ।’

बैठकका क्रममा द्विपक्षीय भेटवार्ताहरु पनि गर्ने तय भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । उनका अनुसार मन्त्री पौडेल जेनेभाबाट दोहा आउने छिन् र अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड पनि शुक्रबार कतार जाने कार्यक्रम छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री २२ र परराष्ट्रमन्त्री २३ गते फर्किने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका