जोडिनुहोस
  • होमपेज
  • नेप्सेमा झिनो सुधार, २ अर्ब ५२ करोडको कारोबार

नेप्सेमा झिनो सुधार, २ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । अघिल्लो साता ४७ अंकमाथिले घटेर २ हजार २२ अंकको विन्दुमा झरेको नेप्सेमा आइतबार सामान्य सुधार भएको छ । यसदिन नेप्से सूचक ४.५५ अंकले बढ्दै २ हजार २७.१९ अंकमा उक्लिएको हो । तर यता सेन्सेटिभ इन्डेक्स भने आज पनि ०.२८ अंकले ऋणात्मक हुँदै ३८४.०८ अंकमा झर्न पुगेको छ ।

आज बैंकिङ, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।

यद्यपि, अघिल्लो हप्ता राष्ट्र बैंकको नीतिका कारण तीव्र गिरावटमा रहेको माइक्रोफाइनान्स समूहको उपसूचक समेत यस साताको पहिलो दिन नै २.७८ प्रतिशतले वृद्धि हुन पुगेको छ ।

४.५५ अंकले नेप्से बढेको यसदिन २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ माथिको ६५ लाख १५ ८५२ कित्ता सेयर किनबेच भएको छ । आज सबैभन्दा बढी विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.९४ प्रतिशतले बढेको छ भने सिटिजन्स् म्युचुअल फन्डको मूल्य ७.८५ प्रतिशतले घट्न पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका