जोडिनुहोस
  • होमपेज
  • इटालीमा आप्रवासी कामदार बोकेको डुङ्गा पल्टियो, कम्तीमा २७ को मृत्यु

इटालीमा आप्रवासी कामदार बोकेको डुङ्गा पल्टियो,  कम्तीमा २७ को मृत्यु

इटालीको दक्षिणी क्षेत्रमा आप्रवासी कामदार बोकेको डुङ्गा डुबेको छ । यसमा ठूलो संख्यामा मानिसको ज्यान जाने सम्भावना छ । इटालीबाट आएको मिडिया रिपोर्टले घटनामा मारिएका कम्तीमा २७ जनाको शव निकालिएको जनाएको छ ।

यसमा क्यालाब्रियाको क्रोटोन शहरको समुद्री तटबाट बरामद गरिएका शवहरू समावेश छन् ।त्यहाँ प्रशासनले खोजी तथा उद्धार कार्य गरिरहेको छ ।

एक स्थानीय समाचार एजेन्सीले आफ्नो रिपोर्टमा आप्रवासी कामदारले भरिएको डुङ्गा समुद्रको बीचमा दुई टुक्रा भएको बताएको छ । घटनाको विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका