जोडिनुहोस

देश

११औँ धरान रन सम्पन्न

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन १४, २०७९
११औँ धरान रन सम्पन्न

धरान । स्वास्थ्य शरीर, स्वास्थ्य जीवन, स्वच्छ धरान मूल नाराको साथ ११औँ धरान १० किमी नेवा च्यारिटि रन सम्पन्न भएको छ ।  उक्त रनमा खुला पुरुषतर्फ दीपक सुहाङ र महिलातर्फ राजपुरा फर्छाइ प्रथम भएका छन् । रनमा सुहाङ ३२ मिनेट ५ सेकेण्डमा दौड पुरा गर्दै विजेता बने । महिलातर्फ राजपुरा ३७ मिनेट ३६ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेकी हुन् । करिब ३ हजार ५ सय सहभागी दौड नेपालकै सर्वाधिक धेरै धावक धाविकाहरूको सहभागी रहेको थियो ।

पुरुषतर्फ गजेन्द्र राईले ३२ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भएका छन् । यसैगरी केन्याको सिमोन किपलगतले ३३ मिनेट १३ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भएका छन् । महिलातर्फ पूर्ण लक्ष्मी न्यौपानेले ४० मिनेट १३ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् । आशा राउतले ४२ मिनेट २७ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भइन । महिला र पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरूले क्रमशः नगद ६० हजार, ४० हजार र ३० रुपियाँ पुरस्कार पाए । विजेतालाई धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईले पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी अण्डर १६ उमेर समूहमा पुरुषतर्फ कविन राई प्रथम, करण लिम्बु दोस्रो र अनीश लिम्बु तेस्रो भए भने महिलातर्फ नानि तामाङ प्रथम कुसुम राई दोस्रो र सुना सिद्धिक तेस्रो भएकी छन् । भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम निमेश क्षेत्री दोस्रो र पाण्डप महतो तेस्रो भएका थिए भने भेट्रान महिला तर्फ जमुना लिम्बु प्रथम, सिरी लामा दोस्रो र शर्मिला राई तेस्रो भएकी थिइन् ।अण्डर १६, भेट्रानलगायत प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो विजेताहरूलाई नगद ७ हजार, ५ हजार र ३ हजार रुपियाँ सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । ह्वीलचेयरतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सुपर भेट्रान विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गरका थिए ।

धरान रन को ११औ संस्करण पुतलीलाइनबाट दौड सुरु गरेर पुरानो बजार, पालिका बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, रेडक्रस भवन, अमरहाट, जिरो पोइन्ट, जानकी चौक, स्वस्तिक चौक, मंगलवारे, रत्न चोक, बद्ध चोक, दुर्गा चोक हुँदै पुतली लाइनमा नै समापन भएको थियो । यसैगरी धरान रनमा आएर दौड प्रतियोगितामा पहिलो पटक टाइमिङ चिपको प्रयोग गरेको थियो ।

करिब १६ लाख रुपैयाँ खर्चमा टाइमिङ चिप प्रयोगमा ल्याएको थियो । महिला पुरुष विजेतालाई आयोजक धरान रनले लन्डन हाल्फ म्याराथन इन लन्डनमा सहभागिता गराउने भएको छ । दौड सुरु हुनु भन्दा अगाडि विट्रिस गोर्खा बिग्रेड व्याण्डका ३५ जना टिमले प्रस्तुति दिएको थियो । यसैगथरी कलाकार दयाहाङ राई, माल्भिका सुब्बाले खेलाडीहरूको हौसला बढाउनका लागि दौड सुरु हुन अगाडि धावकहरू माझ उपस्थिति जनाएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका