जोडिनुहोस
  • होमपेज
  • लिग लिडर बार्सिलोना पराजित

खेलकुद

लिग लिडर बार्सिलोना पराजित

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन १५, २०७९
लिग लिडर बार्सिलोना पराजित

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनालाई अल्मेरियाले १—० गोल अन्तरले हराएको हो ।

अल्मेरियालाई जित दिलाउन एल बिलाल टुरेले निर्णायक गोल गरे । बिलालले खेलको २४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । यस जितसँगै अल्मेरियाले २३ खेलमा २५ अंक जोडेको छ ।

अल्मेरिया १५ औं स्थानमा उक्लिएको छ । बार्सिलोना ५९ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

यस्तै, जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनलाई ३—० ले हराएको छ भने इटालियन सिरी ए फुटबलमा इन्टर मिलान लाई बोलोग्नाले १–० गोल अन्तरले हराएको छ ।

त्यस्तै, इंग्लिस प्रिमियर लिगमा भने टोटेनहमले चेल्सीलाई २–० गोल अन्तरले हराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका