जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकमा राष्ट्रपति निर्वाचन र चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका विषयमा छलफल हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

स्वतन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन। कसलाई मतदान गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने उपसभापति अर्यालले बताए।

पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद गुमेपछि चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा पुनः लामिछानेले नै उम्मेदवारी दिने तयारी गरेका छन्। त्यसैको तयारीबारे आजको बैठकमा छलफल हुने उपसभापति अर्यालले बताए।  उनका अनुसार फेरिएको राजनीतिक समीकरण र सरकारलाई दिएको समर्थनका बारेमा पनि बैठकमा छलफल हुनेछ।

गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएको रास्वपा फागुन २२ गते सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका