जोडिनुहोस
  • होमपेज
  • सिंहदरबारभित्रको केन्द्रीय क्यान्टिनमा भेटियो अखाद्य वस्तु

सिंहदरबारभित्रको केन्द्रीय क्यान्टिनमा भेटियो अखाद्य वस्तु

काठमाडौँ — सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार आकस्मिक रुपमा अनुगमन गर्दा उक्त कुरा खान अयोग्य वस्तु फेला परेको हो ।

विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेको विभागका जनाएको छ ।

अनुगमनमा गएको टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको जनाएको छ । साथै उक्त क्यान्टिन सञ्चालन गर्ने ुकञ्चन चमेना गृहु र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको हुँदा तत्काल ३ लाख रुपैयाँ जरिवाना समेत गरिएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका