जोडिनुहोस
  • होमपेज
  • १५ अर्ब १३ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

१५ अर्ब १३ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने ९१ दिने र ३६४ दिने गरी तीन किसिममा ट्रेजरी बोलकबोल गर्न लागेको हो ।

मगंलबार अर्थात् फागुन १६ गते बिक्री हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यद्यपि, कूल ट्रेजरी मध्ये ८ अर्ब १३ करोड रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार २८ दिने ट्रेजरीको ५ अर्ब रुपैयाँ र ९१ दिनको ३ अबै १३ करोड रुपैयाँ नवीकरण हुनेछ भने ३६४ दिनको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ बिक्री गरिनेछ । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले फागुन ८ गते ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका