जोडिनुहोस
  • होमपेज
  • आईसीसी यू-१९ पुरुष विश्वकप छनोट : हङकङविरुद्ध नेपाल बलिङमा

आईसीसी यू-१९ पुरुष विश्वकप छनोट : हङकङविरुद्ध नेपाल बलिङमा

काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

मालेक क्रिकेट मैदानमा हङकङले टस जितेर ब्याटिङ रोजे पछि नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो ।

हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।

२०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहन्छ। प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । तेस्रो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका