जोडिनुहोस
  • होमपेज
  • ऋणमा हेलिकप्टर चार्टर नगर्न मन्त्री किरातीको अनुरोध

ऋणमा हेलिकप्टर चार्टर नगर्न मन्त्री किरातीको अनुरोध

काठमाडौँ । पर्यटनमन्त्री सुदन किरातीले अति आवश्यक कामबाहेक हेलिकप्टर चार्टर नगर्न अनुरोध गरेका छन् । घाँटी हेरेर हाड निल्नुपर्ने बताउँदै मन्त्री किरातीले सामाजिक विलासिता अन्त्य गर्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा मन्त्री किरातीले लेखेका छन्, ‘राष्ट्रिय विपत् र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएका छौँ । देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गाएका छैनौँ । त्यसको लागी तपाईंहरूसँग क्षमा चाहन्छु । ऋणमा हेलिकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईंको गाउँमा आउँदैमा तपाईंको खोला खोल्सीहरूमा दूध बग्दैन माटोमा सुन फल्दैन । घाँटी हेरेर हाड निलौँ सामाजिक देखासिखी र विलासिता अन्त्य गरौँ । धन्यवाद ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?