जोडिनुहोस
  • होमपेज
  • रास्वपाको बैठक जारी, राष्ट्रपति निर्वाचनबारे छलफल

रास्वपाको बैठक जारी, राष्ट्रपति निर्वाचनबारे छलफल

काठमाडौं । आसन्न राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारा जारी छ ।

राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा रास्वपाले आज निर्णय लिने सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले राष्ट्रपतिको निर्वाचनमा के गर्ने भनेर निर्णय गर्ने बताए । राष्ट्रपतिका उम्मेदवार पौडेलले शनिबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर मत मागेका थिए ।

साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्नेबारे पनि बैठकले निर्णय गर्ने बताइएको छ ।

सभापति लामिछानेको नागरिकता विवादपछि उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्री पदबाट मुक्त भएका थिए । त्यसलगत्तै रास्वपा सरकारबाट फिर्ता भएको थियो । तर सरकारलाई दिएको समर्थन अहिलेसम्म कायम छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका