जोडिनुहोस
  • होमपेज
  • मन्त्री बनेर निस्किएका लिङदेनको निष्कर्ष- देश भूराजनीतिक चेपुवामा

मन्त्री बनेर निस्किएका लिङदेनको निष्कर्ष- देश भूराजनीतिक चेपुवामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले छोटो समय सरकारमा बस्दाका निष्कर्ष केही बुँदामा निकालेका छन् । सत्ता गठबन्धन भत्किएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएसँगै उनले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ । देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ ।’

लिङदेनले थपेका छन्, ‘नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेछ । देश बनाउन नसकिने र नबन्ने रहेनछ । बनाउन सकिन्छ र बन्छ ।’

शनिबार दिउँसो बालुवाटारमा पुगेर उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री लिङदेनसहित सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जाराज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका