जोडिनुहोस

देश

नेपाललाई २०४ रनको लक्ष्य

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन १५, २०७९
नेपाललाई २०४ रनको लक्ष्य

काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ ।

यूएईमा आजबाट सुरु आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले २ सय ४ रनको लक्ष्य पाएको हो ।

यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो ।

पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा गुलशन झाबाट आउट भए । सेसे बाउ पनि झाकै बलमा ३१ रनमा आउट भए ।

किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाएर कसशल मल्लको बलमा आउट भए । हिरि हिरिले १० रन बनाउँदा आजको खेलमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका प्रतिश जी.सीले आउट गराए ।

नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान १/१ विकेट रह्यो ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर प्रतिश जी.सीले पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन् । पहिलो पटक राष्ट्रिय टिममा परेका प्रतिशले पहिलो खेलमा नै डेब्यु गरेका हुन् ।

प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी हुन् । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको  अवस्थाको कारण यूएईमा सारिएको थियो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका