जोडिनुहोस
  • होमपेज
  • नेप्सेमा सामान्य गिरावट, १ अर्ब ८९ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, १ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ३.६५ अंकले गिरावट भएर २०२३.५४ अंकमा बन्द भएको छ । सोमबार होटल तथा पर्यटन, निर्जीवन बीमा, अन्य र व्यापार उपसूचकमा वृद्धि हुँदा अरु सबै उपसूचक घटेका छन् भने कारोबार रकम पनि घटेको छ ।

होटल तथा पर्यटन उपसूचक १.३८ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६५ प्रतिशतले गिरावट भएको छ । यस्तै लघुवित्त उपसूचक ०.९८ प्रतिशतले घटेको छ । सोमबार नेप्सेमा ३७ हजार ३३८ वटा कारोबारमा ५१ लाख २० हजार ८८८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाखको कारोबार भएको छ ।

हिमालयन डिष्टिलरीको सर्वाधिक ६ करोड ६८ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ५ करोड ८ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७९ लाखको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १३५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने ७१ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.७३ प्रतिशतले वृद्धि हुँदा समालिङ पावर कम्पनीको सेयरमूल्य ९.३५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ७.९६ प्रतिशतले वृद्धि भएको छ ।

राप्ती हाइड्रोपावर कम्पनीको सेयरमूल्य ६.४३ प्रतिशतले गिरावट हुँदा सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.३३ प्रतिशत र समिट लघुवित्तको सेयरमूल्य ४.९० प्रतिशतले गिरावट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका