जोडिनुहोस
  • होमपेज
  • टर्कीमा फेरि भूकम्प, थप भवनमा क्षति

अन्तर्राष्ट्रिय

टर्कीमा फेरि भूकम्प, थप भवनमा क्षति

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन १५, २०७९
टर्कीमा फेरि भूकम्प, थप भवनमा क्षति

अनकारा । विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा सोमबार पुनः ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको दक्षिणी भागमा गएको पछिल्लो भूकम्पबाट थप भवनहरू भत्किएको अधिकारीहरूले बताएका छन् । हालसम्म मानवीय क्षतिको भने खबर प्राप्त भएको छैन ।

सोमबारको भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिलयोर्ट रहेको थियो । सो क्षेत्रका मेयरले भूकम्पपछि केही भवनहरू ढलेको बताएका छन् । गत फेब्रुअरी ६ मा टर्की र सिरियाको सीमामा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि सबैभन्दा धेरै प्रभावित टर्कीका ११ प्रान्तहरूमध्ये मालात्या एक प्रान्त हो ।

भूकम्पका कारण टर्की र सिरियामा गरेर ४८ हजारभन्दा बढीको मृत्यु भएको छ भने टर्कीमा १ लाख ७३ हजार भवनमा क्षति भएको छ । सो भूकम्पपछि देशमा करिब १० हजार परकम्पहरू गइसकेको टर्कीका अधिकारीहरूले जानकारी दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका