जोडिनुहोस
  • होमपेज
  • अर्जेन्टिनाका मुख्य प्रशिक्षकद्वारा सम्झौता नवीकरण

अर्जेन्टिनाका मुख्य प्रशिक्षकद्वारा सम्झौता नवीकरण

काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले सम्झौता नवीकरण गरेका छन् । अर्जेन्टिना फुटबल एसोसियसनले मुख्य प्रशिक्षक स्कालोनीले सम्झौता थप गरेको जनाएको छ ।

४४ वर्षीय स्कालोनी २०२६ सम्म अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने छन् ।

स्कालोनीले २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त आयोजना हुने फिफा विश्वकपसम्म अर्जेन्टिनाको टिम हेर्ने छन् ।

स्कालोनीले अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाएका थिए । उनले अर्जेन्टिनालाई २०२१ मा कोपा अमेरिकाको उपाधि समेत दिलाएका थिए ।

अर्जेन्टिनाले २०१८ मा स्कालोनीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका