जोडिनुहोस
  • होमपेज
  • न्युजिल्याण्डद्वारा इंग्ल्याण्ड एक रनले पराजित

न्युजिल्याण्डद्वारा इंग्ल्याण्ड एक रनले पराजित

वेलिङटन । इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा न्युजिल्याण्ड एक रनले विजयी भएको छ । दोस्रो पारीमा इंग्ल्याण्डलाई २५६ रनमा रोक्दै न्युजिल्याण्डले रोमाञ्चक जीत हासिल गरेको हो ।

जीततर्फ अग्रसर इंग्ल्याण्डलाई रोक्न निल वागनरले ४ तथा टिम साउथीले ३ विकेट लिए । म्याट हेनरीले इंग्ल्याण्डका २ जना ब्याट्सम्यानलाई पभेलियन फर्काए । जो रुटको ९५ रन बनाएपनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । कप्तान बेन स्टोक्सले ३३ तथा बेन फोक्सले ३५ रनले बनाए ।

पहिलो पारीमा ८ विकेटको क्षतिमा ४३५ रन बनाउँदै इंग्ल्याण्डले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । न्युजिल्याण्ड पहिलो पारीमा २०९ रनमा सीमित भएपछि टोली फलोअनमा परेको थियो । दोस्रो इनिङ्समा भने न्युजिल्याण्डले पुनरागमन गर्दै ४८३ रन बनायो ।

जीतसँगै शृङ्खलामा १–१ को बराबरी भएको छ । न्युजिल्याण्डले सन् २०१७ देखि घरेलु मैदानमा कुनै शृङ्खला हारेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका