जोडिनुहोस
  • होमपेज
  • आउँदो वर्षदेखि खेलकुदमा बजेट बढाउँछु : प्रधानमन्त्री

आउँदो वर्षदेखि खेलकुदमा बजेट बढाउँछु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने आश्वासन दिएका छन् ।

मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने बताएका हुन् ।

‘यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए ।

उनले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सबै प्रदेश र पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्ने सरकारको योजना रहेको सुनाए ।

च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका