जोडिनुहोस
  • होमपेज
  • पारिवारिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र भारतमा

पारिवारिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र भारतमा

पारिवारिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन् । उनी पत्नी तथा पूर्वरानी कोमल र परिवारका केही सदस्यसमेत लिएर भारत भ्रमणमा गएका हुन् । पूर्वराजाका संवाद सचिव फणि पाठकले सोमबार पूर्वराजा भारत भ्रमणमा गएको बताएपनि भारतमा के–कस्तो कार्यक्रम रहेकोबारे आफूलाई थाहा नभएको बताए ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित झापामा आयोजित एक औपचारिक कार्यक्रममा देखिएका थिए । त्यहाँ उनी दुर्गा प्रसाईँले सुरु गरेको अभियानमा सहभागी हुन पुगेका थिए । उनले प्रजातन्त्र दिवसको अवसरमा दलहरुसँग सहकार्यको प्रस्ताव समेत गरेका थिए । पछिल्लो समय राजनीतिक दलहरुको कार्यशैलीको खुलेर आलोचना गर्दै आएका पूर्वराजाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका