जोडिनुहोस
  • होमपेज
  • स्तनपान कक्ष बनाउँदै संघीय संसद् सचिवालय

स्तनपान कक्ष बनाउँदै संघीय संसद् सचिवालय

संघीय संसद् सचिवालयले महिला सांसदहरूको सहजताका लागि स्तनपान कक्षको व्यवस्था गर्न लागेको छ । संघीय संसद् सचिवालय सिंहदरबार र संसद् भवन नयाँ बानेश्वरमा सो कक्ष बनाउन लागेको हो । साना बच्चा भएका महिला सांसदहरुलाई स्तनपान गराउन समस्या भएको बुझेपछि सिंहदरबार र बानेश्वरमा स्तनपान कक्ष बनाउन लागेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

तातोपानी, बेड लगायतका सुविधायुक्त कक्ष बनाउनका लागि उपयुक्त कोठा छनौट गरेर तत्काल यो काम गर्न लागेको उनले बताए । स्तनपान कक्ष नहुँदा महिला सांसदलाई समस्या परेको, गाडीमा बसेर स्तनपान गराउनुपरेको समस्या आएपछि सचिवालयले महिला सांसदका लागि यो सुविधा व्यवस्था गर्न लागेको हो ।

संसदमा भवन भवन बानेश्वरमा हुने बैठक तथा संसद् सचिवालयमा हुने संसदीय समिति लगायतको बैठकमा लामो समय भाग लिँदा बच्चालाई स्तनपान गराउन महिला सांसदहरुले समस्या भोग्दै आएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका